- Home
- Show Content
५७. नेपालमा कृषिको अवस्था
५७. नेपालमा कृषिको अवस्था
हाम्रो देशमा धेरैजसो घरपरिवारको आर्थिक आयआर्जनको प्रमुख स्रोत कृषि हो । कृषि क्षेत्रमा हाम्रो देशको कुल जनसंख्याको ६० प्रतिशत जनशक्ति खटिएको छ र हाम्रो देश को कुल गाहस्र्थ उत्पादनको ४० प्रतिशत हिस्सा कृषि र कृषिजन्य उत्पादन मार्फत प्राप्त हुन्छ । देशमा हालको कृषि प्रणालीको इकाई एउटा परिवार हो । एउटा सामान्य प्रतिनिधि उदारहणलाई लिने हो भने हामीले के देख्छौ भने पारिवारिक लगानी भएको उक्त उद्यमको खपत त्यहि परिवारमै हुन्छ, उत्पादनले कुनै बजारमा प्रवेश पाउदैन । यसले गर्दा परिवारको आवश्यकता भन्दा धेरै उत्पादन भएका खेती वा पशु उत्पादनहरुका लागि बजार खोज्न, उत्पादनलाई बजार सम्म पुर्याउन, उत्पादनको सुरक्षा गर्न खोज्दा एउटा परिवारलाई गाह्रो हुने कुरा स्वाभाविक नै हो तर त्यसमाथि स्थापित राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापारिक शक्तिहरुसंग प्रतिस्पर्धा गर्दा उक्त सानो उद्योग आर्थिक रूपमा असफल हुने भएकाले उद्दयम्शिलताका केहि प्रयासहरु विफल भएका छन् ।
कृषि क्षेत्रमा हुने लगानीको प्रमुख हिस्सा जग्गाजमिन र मानवश्रमले ओगट्दछन् । प्रविधि, सिंचाई पूर्वाधार विकाश, र रासायनिक मलको जोहो गर्ने विषयमा एउटा परिवारले केहि गर्ने सोच र सामथ्र्य राख्दैन, न त राज्यको पनि त्यस तर्फ ध्यान पुग्न सकेको देखिन्छ । अझ एउटा ठुलो संख्यामा रहेका आवश्यक खेतीयोग्य जमिन पनि छैन र उनीहरु सस्तो मानव श्रम मात्र बेच्न सक्छन्, फलस्वरूप व्यवसायिक अधिकारबाट लगभग बन्चित छन् ।
हामी कसैले पनि कृषिमा संलग्न हुन्छु भनेर मात्रै हुँदैन त्यसको लागि लगानी, भौगोलिक वातावरण, व्यवसायीक एकाई, उत्पादन विविधिकरण, आधुनिक प्रविधिहरुको आवश्यक पर्दछ । देशमा हाल कृषि शिक्षा प्रदान गर्न खुलेका सीमित कृषि विद्यालयहरु र अनुसन्धान केन्द्रहरुको तालमेल न्यून छ । विकशित प्रजातिहरुको परीक्षणमा यथेस्ट ध्यान पुग्न नसक्दा कृषकहरुको लगानी खेर जाने क्रम जारी छ । अन्य प्राविधिक छेत्रमा जस्तै, कृषि वैज्ञानिक तथा प्राविधिकहरुलाई देशमै रहनसक्ने वातावरण सिर्जना गर्नु अर्को चुनौति रहिआएको छ । सहयोगी पूर्वाधारः कृषकहरुको लागि सरल ऋण, बिमा, ग्रामिण सडक बिजुली कोल्ड स्टोर र गोदामको कमजोर अवस्था छ । देशको सामाजिक र आर्थिक अवस्थितिको केन्द्रबिन्दु हाम्रो कृषि छेत्र अझै पनि पारिवारिक निर्वाहमुखी अव्यवसायिक पद्दतिकै रहेको हुनाले यो परिपाटी बदलि प्रविधियुक्त सामुहिक र व्यवसायिक कृषि प्रणाली विकास गर्न जरुरी छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review