- Home
- Show Content
५८. विकासमा जनसहभागिता
५८. विकासमा जनसहभागिता
देशको विकास निर्माणसम्बन्धी कुनै पनि काम कारवाहीमा जनताको प्रत्यक्ष सहयोग हुनु र जनताले स्वयं आफ्नो लागि विकास निर्माणको काममा सहयोग गरिरहेको छु भन्ने अनुभूति हुनु नै जनसहभागिता हो । यसरी देशको जनशक्ति देश विकासकै लागि भएकाले देश विकासमा जनसहभागीतालाई सामान्यरुपमा हेर्नुहुँदैन । जुन देशको शासन प्रशासनले सामान्यरुपमा हेर्ने गर्दछ त्यो देश विकासको दृष्टिले धेरै पछाडि परेको हुन्छ । जनसहभागिता गराउने कुशल र उत्प्रेरित जनशक्ति नै विकासको कारकतत्व हो । जनसहभागिता विकासको मूल आधार हो । स्थानीय स्तरमा त यसको झनै महत्त्व हुन्छ । विकासका मार्गहरु सृजना गर्नका लागि जनसहभागिताको सबैभन्दा उल्लेख्य हात हुन्छ । जनसहभागिताबाट व्यक्ति समुदाय सङ्गठित भई सहयोग आदानप्रदान हुने गर्दछ ।
जनसहभागिता र विकास एक अर्काका पुरक हुन् । देश विकासका विविध पक्ष छन् । आर्थिक,सामाजिक, राजनीतिक,सांस्कृतिक जस्ता । जुन सुकै विकास भए पनि जनसहभागिता अनिवार्य सर्त हो । त्यसकारण राज्यको सर्वाङ्गीण विकासको लागि जनसहभागिता पहिलो र अनिवार्य सर्त मानिन्छन् । देशमा निरङ्कुश शासन भन्दा प्रजातान्त्रिक वा लोकतान्त्रिक शासन व्यवस्थामा जनसहभागिताको सम्भावना बढि हुने गर्छ । यसको प्रत्यक्ष अनुभव हामी आफैले गरेका छौ । जनताले देखाउने चाहना र इच्छा शक्ति विकासको गतिमा तीव्रता आउन सक्छ । जनसहभागिता भन्ने शब्दले समाज र राष्ट्रको विकासमा जनताको सहभागितालाई जनाउँछ ।
विकासको मुख्य मापदण्ड देशको जनशक्तिको उत्पादकत्व हो । यो बौद्धिकता, स्वस्थ मानसिकता, प्राविधिक सीपको प्रचुरता, प्राप्त हुन सक्ने सामथ्र्य साहस र इमानदारितामा निर्भर गर्दछ । यी तत्वहरुलाई आर्थिक, सामाजिक र राजनीतिक दृष्टिकोणबाट सोचेर परिचालन गर्न सकियो भने त्यसले विकासलाई चुल्याउँदै लैजान्छ भन्ने कुरा यो देशका नेता प्रशासक कसैले सोच्न नसक्नु दुर्भाग्य नै मान्नुपर्दछ । देशमा विकास निर्माणको गति निरन्तर चलिरहने प्रक्रिया हो ।
विश्वका सबै राष्ट्रहरुमा कही प्राकृतिक स्रोत साधनको अभाव छ, कहीं पूँजीको अभाव छ । कहीं सक्षम राजनीतिक नेतृत्वको अभाव छ । कहीँ लगानीकर्ताको अभाव, कहीँ दक्ष जनशक्तिको अभाव छ । त्यसैले विकास जटिल भएको हो । कुशल नेतृत्व हुने हो भने जटिलता कम हुँदै जाने गर्छ । सरकारको पहिलो लक्ष्य ग्रामीण जनजीवनको स्तर माथि उठाउने हुनुपर्दछ । यसरी सरकारले लगानी गरेर जनसहभागिता मार्फत कुनै योजना अगाडि बढाउने हो भने हरेक काम सरल र सहज तरिकाले सम्पन्न हुन्छ । त्यसैले सबै जनसहभागिताको माध्यमबाट विकास गर्न हो भने नेपाल विश्वकै समृद्घ मुलुक बन्ने थियो । त्यसैले हामी सबैले विकास गनै जुट्नै पर्ने हुन्छ ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review