५९. जल सम्पदाको धनी देश नेपाल

५९. जल सम्पदाको धनी देश नेपाल

हाम्रो धर्तीमा रहेका मेगावाट जलविद्युत उत्पादन गर्न शंका छैन । प्राकृतिक साधन र प्राकृतिक सकिने क्षमता रहेको बताईएको देनहरुलाई हामीहरुले सम्पदा भन्ने गर्दछौ । हाम्रो देश नेपाल प्राकृतिक सम्पदाका दृष्टिले अत्यन्त समृद्ध मुलुक भन्ने गरिन्छ ।

नेपालको छातीमा बग्ने अनन्त जलप्रवाह खनिजले नेपाललाई सौन्दर्यको उचाईमा पु¥याउने तथा आर्थिक स्रोत जुटाउने वनजंगल नै हाम्रा प्राकृतिक सम्पदाहरु हुन् । यिनको समुचित सदुपयोग बाट नै नेपाललाई समुन्नत र वैभवशाली वनाउन सक्ने देखिन्छ । जल सम्पदाका दृष्टिले नेपाल विश्वको दोस्रो धनी राष्ट्र हो । नदीहरु अनवरत रुपमा बगिरहन्छन्,त्यस्तै छांगा छहरा र खोलाहरु जताततै बगिरहेका छन् । वास्तवमा पानी हरेक प्राणीहरुका लागि नभई नहुने वस्तु हो । जीवनको अभिन्न वस्तुकै रुपमा मानिएको पानीलाई नेपालमा सही रुपमा सदुपयोग गर्न सकिएको छैन ।

जल सम्पदाको दृष्टिले सम्पन्न मानिए पनि नेपालमा वसोवास गर्ने करिव ३५ प्रतिशत नेपाली जनताले मात्रै शुद्ध खानेपानीको उपभोग गरिरहेको एक तथ्याङकले देखाउँछ ।जे होस् नेपालमा भएको अपार जल सम्पदाको उपयोग गरी जल विद्युत उत्पादन गरेर नेपाललाई झलमल्ल पार्न मात्र होईन, समृद्ध पार्न पनि सकिन्छ ।

एक सर्वेक्षण अनुसार नेपालमा ८३ हजार मेगावाट जलविद्युत उत्पादन गर्न सकिने क्षमता रहेको बताईएको छ । यति धेरै विद्युत उत्पादन गर्न सकिएको खण्डमा नेपालको आर्थिक अवस्थालाई सुदृढ गर्न सकिन्छ । विद्युत उत्पादन बाट एकातिर ईन्धन समस्या भई वन विनाश रोकिन जान्छ भने अर्कातिर वातावरणमा समेत सकारात्मक असर पर्छ र ग्याँस, दाउरा, तेल आदिका विकल्पमा विद्युतको उपयोग गर्न सकिन्छ । र यहाँ उत्पादित विद्युतलाई विश्वको बजारमा बिक्रि गरी नेपालले प्रशस्त रुपमा आयआर्जन गर्न सक्छ ।

यसको सदुपयोगबाट नेपालका कृषकहरुलाई पनि प्रत्यक्ष फाईदा पुग्ने देखिन्छ । नेपालमा अधिकांश जनताहरुले कृषिलाई आफ्नो मुख्य पेशाको रुपमा अंगालिरहेका छन् । कृषि पेशालाई राम्रो बनाउन सकिएको खण्डमा हाम्रो देश नेपालको पनि सहि रुपमा विकास हुन सक्छ । त्यसैले कृषिलाई राम्रो तरिकाले विकास गर्न सिंचाईको ठूलो भुमिका रहेको हुन्छ । सिंचाईको सुविधाबाट वञ्चित हुन पुगेका नेपाली कृषकहरुलाई सिंचाईको सुविधा प्रदान गर्न सकेमा नेपाली जनताको जीवन समृद्ध हुने कुरामा कुनै तगारो छैन ।

जल सम्पदा जस्तै खनिज सम्पदाका दृष्टिले पनि नेपाल सम्पन्न शाली छ । तर यसको यहाँ उचित रुपमा सदुपयोग गर्न सकिएको छैन । वास्तवमा भन्नु पर्दा वहुमुल्य खानीको अनुसन्धान र उत्पादनबाट मुलुकमा आर्थिक बृद्धिदर वढाउन सकिन्छ भन्ने कुरा स्पष्ट रुपमा अरव राष्ट्रहरुको गतिशिल विकास र सम्पन्नतालाई हेर्दा थाहाँ पाउन सकिन्छ ।
नेपालमा थुप्रै खनिज सम्पदाको सम्भावना रहेपनि दक्ष जनशक्तिको अभाव र सरकारको निष्कृयताका कारणले खनिज पदार्थ स्रोतहरुका सिमित मात्रामा उपभोग गर्न पाईन्छ । देशका विभिन्न ठाऊँमा धेरै प्रकारका धातुहरुको खानी फेला परेपनि तिनको व्यापक मात्रामा खोजअन्वेषण नगरी निकासी नगर्नाले उचित सदुपयोग गर्न नसकिएका कारण नेपाल परनिर्भरता बाटै आज सम्म मुक्ति पाउन सकिरहेको छैन् ।

यसको वास्तविकता भनेको के हो भने नेपालमा सर्वेक्षण तथ्य अनुसन्धानको कमि प्राविधिक ज्ञानको न्युनता, यातायात आदिको कठिनाई पुँजिको अभाव,राष्ट्रिय लगानी र दृढताको कमि आर्थिक कारणले नेपालममा चाहेजति खनिज स्रोतको उपयोग गर्न सकिरहेको छैन । खनिज स्रोतवाट देश र राष्ट्रको आर्थिक समृद्धि, आत्मनिर्भरता सम्पन्नता हुने भएकाले नेपालमा खनिज स्रोतको महत्व बढ्न गएको पाइन्छ । नेपालमा पाइने औधि प्राकृतिक सम्पदा मध्ये वनजंगल पनि एक सम्पदा हो जसले गर्दा नेपाल वनजंगल सम्पदाका दृष्टिले एक सम्पन्न राष्ट्र हो, भन्ने कुरा हरियो वन नेपालको धन भन्ने उखानवाट पनि प्रष्ट हुन्छ । वनजंगलले भु–क्षय, अनावृष्टी हुनवाट वचाउनुको साथै माटोको उर्वराशक्ति वढाउन महत्वपुर्ण भुमिका खेलेको हुन्छ ।

यति मात्रै होइन मौसम र वातावरणीय सन्तुलनलाई पनि कायम राख्न यसको अग्रणी भुमिका रहेको छ । वनजंगलवाट हामी सम्पुर्णका लागि चाहिने दाउरा, काठ, हलो कोदाली वनाउन सहयोग पुगेको छ ।

दक्ष जनशक्तिको अभाव सरकारको उदासिनता र प्रतिवद्धताको अभावका कारणले कुनै स्रोत र साधनलाई सन्तोषजनक रुपमा सदुपयोग गर्न सकिएको छैन ।अहिलेको आवश्यक्तालाई आत्मसाथ गर्दै प्राकृतिक सम्पदाहरुको सदुपयोग गर्दै अगाडि वढ्न सक्यौं भने भविष्यमा आउने जस्तो सुकै चुनौतीहरु संग जुध्न र सफलता हासिल गर्न सकिन्छ । नत्र भने सिंगो नेपाल र नेपाली जनताको भविष्य अन्धकारमय वन्ने स्थिती नआउला भन्न सकिदैन । त्यसैले प्राकृतिक सम्पदाहरुको संरक्षण गर्न सवै जुटौं ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login