६१. मलाइ मन पर्ने चाड : म्ह:पूजा

६१. मलाइ मन पर्ने चाड : म्ह:पूजा

नेवार समुदायमा तिहारका बेलामा मनाइने म्ह:पूजा मलाई निकै रमाइलो लाग्छ । यसमा ठूलाले सानाको शरीरको पूजा गरिन्छ । मेरो संयुक्त परिवार भएकाले हरेक वर्षको म्ह:पूजाको दिन विशेष हुन्छ । करिब २५ देखि ३० जना जम्मा भएर म्ह:पूजा गरिन्छ । परिवारका सदस्य धेरै भएकाले हामी पालैपालो म्ह:पूजा गर्छौं । सुरुमा हामी दाजुभाइहरूको समूह बस्छ, त्यसपछि आमा, भाउजू, बुहारी र त्यसपछि साना बालबालिकाहरूको पूजा गरिन्छ ।

यसरी सबैजना एकै ठाउँमा बसेर म्ह:पूजा गर्दा निकै रमाइलो हुन्छ । म्ह:पूजा गरिसकेपछि ठूलाले सानालाई सगुनका रूपमा उसिनेको अन्डा, तारेको माछा तथा रक्सी दिने चलन छ । यो दिन घरमा ठूलै भोज हुन्छ ।

पूजा सकेपछि परिवारका सदस्यहरू बसेर खानपिन गरिन्छ, तास खेलिन्छ, नजिकका साथीहरूलाई बोलाएर रमाइलो गरिन्छ । मैले आफूले जान्ने भएदेखि नै म्ह:पूजा गर्दै आएको छु । म्ह:पूजा गर्दा बत्ती बालिएको हुन्छ । जुन बत्ती जति लामो समयसम्म बल्यो उति नै आयु बढ्छ भन्ने विश्वास छ ।

म्ह:पूजा सकिएपछि सगुनसँगै मिठाई, भोगटे, पान आदि प्रसादका रूपमा खाइन्छ । गत वर्ष म्ह:पूजाका दिन असाध्यै रमाइलो भएको थियो । अझै म्ह:पूजाको भोलिपल्ट अर्थात् भाइटीकाका दिन म्ह:पूजाको दिन कसले राम्रोसँग पूजा गर्‍यो भनेर रमाइलो गरिन्छ । जसले म्ह:पूजामा अल्छी गर्‍यो उसलाई कम दक्षिणा दिने भनेर जिस्किँदा अझ रमाइलो हुन्छ । 



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login