६३. मानव-अधिकार

६३. मानव-अधिकार

मानवअधिकार "मानव" र "अधिकार" दुई शब्द मिलि बनेको छ। मानव भन्नाले मान्छे जातिलाई बुझाउँछ। अधिकार भनेको हक हो ।समग्ररूपमा भन्दा मान्छेले प्राप्त गर्ने हक र स्वतन्त्रतालाई माधव मानवअधिकार भनिन्छ ।अहिलेको विश्वमा स्वार्थी प्रवृत्तिका मानिसहरूको संख्या बढ्न थालेको छ। मान्छेले धनसम्पत्ति र सुखसयललाइ महत्व दिन थालेका छन्। संसारको जनसंख्या बढ्न थालेको छ। मान्छेले धनसम्पत्ति कमाउनका लागि जताततै चाेरी, डकैती हत्या हिंसा बढ्न थालेको छ छन् ।युध्दगर्ने भावनाको विकास हुन थालेको छ। मान्छेलाई संसारमा बाँच्न समस्या परेको छ।देश देशको बीचमा युद्ध नपरोस् भनेर, मान्छेले मान्छेलाई नमाराेस् भनेर संयुक्त राष्ट्रसङ्घको जन्म भयो। संयुक्त राष्ट्रसंघले स.न् 1948 मा विश्वका मानव जातिले पाउने आधारभूत सामाजिक-आर्थिक नागरिक हक र स्वतन्त्रताको विषयमा चर्चा गरेको छ र यसलाई मानवअधिकारको घोषणापत्रको रुपमा जारी गरेको छ।



मानवअधिकारको ज्यादै ठूलो महत्व रहेको छ।मानवअधिकारसँग मानवता भन्ने शब्द जोडिएको हुन्छ। मान्छेमा हुने विशेष गुणलाई नै मानवता भनिन्छ। मान्छेलाई दुःख दिन पाउँदैनन्। राष्ट्र विश्वले जस्तोसुकै काम गरेर मान्छे स्वतन्त्ररुपमा बाँच्न पाउनुपर्छ। कुनै पनि मान्छेले अर्को मान्छेलाई बाधिन पाउँदैन।  सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक मान्छे स्वतन्त्र भई अगाडि बढाउनुपर्छ। लिङ्ग वर्ण जाति वर्ग सम्प्रदाय आदिका आधारमा पनि मान्छे आफ्नै तरिकाले अगाडि बढ्नसक्छ कुनैपनि आधारमा भेदभाव रहित जीवन सबैले बाँच्न पाउनुपर्छ। संसारका सबै मानिस समान छन् कोही पनि ठूला साना छैनन् भन्ने धारणाको विकास नै मानवअधिकार बाट प्राप्त हुन्छ। काम गरिरहेका व्यक्तिहरुले भइरहेको छ भनी गरिरहेका हुन्छन्, व्यक्ति समाज संस्था र सरकारी पक्षबाट मानिसमाथि थिचोमिचो र दुःख दिने काम भएको छ कि पनि हेर्ने काम गरिरहेका हुन्छन् ,यदि थिचोमिचो र अन्याय अत्याचार भएको छ भने त्यस्ता कार्यलाई रोक्न आवाज उठाउने काम हुन्छ, कसैले कसैको ज्यान नमाराेस्, भेदभाव नहोस मान्छेले आफ्नो  अधिकार पाअाेस् र कर्तव्यलाई सही रुपमा सदुपयोग गर्न सकोस् र सबैले शान्तिपूर्ण जीवन बाँच्न पाउने भन्ने सोचाइ राखिएको हुन्छ, मानवअधिकारवादी संस्था वा व्यक्तिबाट मानिस माथि हुने दुर्व्यवहार रोक्ने काम हुने भएकाले मानवअधिकारवादी संस्थाको महत्वपूर्ण स्थानमा कार्यरत रहेकाछन् ।

मानवअधिकारवादी संस्थाले केही हदसम्म सफलता प्राप्त गरेको छ। पूर्णरुपमा भने सफलता प्राप्त गर्न सकेको छैन ।संसारमा देखिएको युद्ध आतंकलाई केही असफल भएको छ। राजनीतिक शक्तिको बीचमा देखिएको झगडा मिलाउने काममा सहयोग गरेको छ। मान्छे कसरी मरेका छन् भनी विवरण तयार पारेको छ।अपहरण गरिएका मानिसको खोजीमा ध्यान दिएको छ। भेदभावलाई अन्त्य गर्न जनचेतना जगाउने काम गरेको छ। यस्ता कार्यहरु मानवअधिकारवादी संस्थाका सफलता हुन्।  हुँदाहुँदै पनि संसारमा युद्ध आतङ्क र भेदभाव वृद्धि भइरहेको छ। जताततै विनाकारण मान्छे मरिरहेका छन्। शक्तिशाली राष्ट्रले मनपरी गरिरहेका छन् वर्ण लिङ्ग जाति र धर्मका आधारमा युद्ध चर्किरहेको छ। मान्छे खुसी भएर संसारमा बाँच्न समस्या परिरहेको छ। सम्पूर्ण समस्यालाई मानवअधिकारवादी संस्थाले समाधान गर्न सकिरहेको छैन।

 

निचोडमा भन्नुपर्दा संसारमा मान्छे स्वतन्त्ररुपमा बाँच्न पाउनुपर्छ ।एउटा बाट अर्को शोषित र पीडित बन्नु हुँदैन। मान्छेको स्वतन्त्ररुपमा बाँच्न अधिकारलाई मानव अधिकारवादी संस्थाले रक्षा गर्नुपर्दछ। सामाजिक आर्थिक राजनीतिक सांस्कृतिक र अन्य क्षेत्रमा देखिएका भेदभावको अन्त्य गराउनुपर्छ। सभ्य समाज र राष्ट्रको निर्माणकालागि मानव अधिकारले स्थान पाउनुपर्छ। युद्ध अन्याय-अत्याचार भेदभावबाट सभ्य समाजको निर्माण हुन सक्दैन ।मान्छे विवेकशील प्राणी भएकाले विवेक प्रयोग गर्न सक्नुपर्छ कसैले कसैको अधिकार र स्वतन्त्रता खोज्न पाउँदैन।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login