६४. वातावरण प्रदूषण

६४. वातावरण प्रदूषण

हाम्रो वरिपरिको वातावरण फोहोर हुने प्रक्रियालाई प्रदुशन भनिन्छ। प्रदूषण आफैं उत्पन्न हुने होइन प्रदूषणका भनेको नै मान्छे हो। अन्य पशु प्राणी र चराचुरुङ्गीले पनि सामान्यरुपमा वातावरण प्रदुषणमा सहायक भूमिका खेलेका हुनसक्छन्। विज्ञानको विकाससँगै प्रदूषण मात्रामा पनि वृद्धि हुँदै गएको छ। मानिस आफैले गरेको प्रदूषण नियन्त्रण गर्नलाई समस्या उत्पन्न भइरहेको छ। वैज्ञानिकहरु भने जस्तोसुकै प्रदूषण कम गर्न सकिने तर्क अघि सार्छन्। दिनानुदिन प्रदुषणको मात्रा चाहिँ बढ्दै गएको छ। प्रदुषणबाट मानिस र पशुपन्छी सबैलाई बाँच्न समस्या पर्छ भन्ने कुरा सबैले स्वीकार गरेका छन्। आधुनिक युगमा बढेका विभिन्न रोगले पनि यस कुरालाई पुष्टि गरिरहेकै छ।

संसारमा अहिले मुख्यरुपमा ४ प्रकारहरु फैलिएका छन्। ति हुन वायु प्रदुषण ध्वनी प्रदूषण भूमि प्रदूषण र जल प्रदूषण सबै किसिमका प्रदूषणले विश्वलाईनै असर पुर्याएको छ।

वायु प्रदूषण
वायु प्रदूषण भनेको विभिन्न रोगका किटाणु र फोहोरमैला मिसिएर हावा दूषित हुनु हो। यो विश्वव्यापी समस्या बनिसकेको छ जुनसुकै ठाउँको वायु शुद्ध हुनु अति नै आवश्यक छ। वायु स्वच्छ अक्सिजन पर्याप्तमात्रामा हुनुपर्छ। अक्सिजनको स्रोत भनेको नै बोटबिरुवा हो। विश्वमा भएको घना जंगल नाच्दै गइरहेको छ। अक्सिजनको मात्रा घटेर अन्य ग्याँस फैलिन थालिसकेको छ ।वायुमा धुलोका कणहरु पनि अत्याधिक रुपमा बढेको पाइन्छ। यसले गर्दा पृथ्वीको तापक्रम बढेको कुरालाई वैज्ञानिकहरुले स्वीकार गरेका छन्। मानिसले शुद्ध अक्सिजन पाउन छाडिसकेको छ। यसकारण स्वासप्रस्वास सम्बन्धी रोगले दुःख दिन थालेको छ।आणविक भट्टी र विभिन्न उद्योगका चिन्नेहरु बाट उत्पन्न भएको धुवाँ खुल्ला आकाशमा उडेको पाइन्छ।. युद्ध आतंक र यातायात साधन बाट निस्किएको धुवाँ धुलो पनि मानिसलाई असर पुर्याएको छ। सबै पक्षको नियन्त्रण गरी शुद्ध वायुको कामना मानिसबाट मात्रै सम्भव छ।

ध्वनि प्रदूषण
ध्वनि प्रदूषण भन्नु नै आवाजको प्रदूषण हो। हाम्रो वातावरणमा हुने होहल्ला र चर्को आवाज नै ध्वनि प्रदूषण कारक हो। ध्वनि प्रदूषण का बिभिन्न स्रोतहरू छन्। ठुलाठुला कारखाना सञ्चालनबाट चर्को आवाज आउने गर्दछकारखाना वरिपरिको वातावरण ध्वनि कै कारणले गर्दा निकै प्रदूषित हुन्छ। सडकमा चल्ने सवारी साधनबाट प्राप्त हुने आवाजबाट पनि प्रदुषणको मात्रा वृद्धि भइरहेको छ ।अस्पताल र विद्यालयको छेउमा हुने निषेध भनेर टाँसिएका होडिङबोर्ड र साइनबोर्ड हरु देख्न पाइन्छ। स-साना निर्माण कम्पनी र विभिन्न उद्योगधन्दाहरुले पनि प्रदूषण बढाउने कार्यमा सहयोग गरिरहेका छन्। आवाजले वृद्धवृद्धा एवं केटाकेटीलाई गम्भीर असर पुर्याउँछ। कलकारखाना र विभिन्न उद्योगधन्दामा काम गर्ने मान्छेलाई सुस्त श्रावण जस्तो जटिल रोग लाग्दछ। यी विविध कारणले गर्दा ध्वनि प्रदूषण मानिसका लागि डरलाग्दो समस्या हो।

भूमि प्रदूषण
माटोमा रासायनिक पदार्थ र विषालु औषधिहरूको प्रयोग हुनुलाई नै भूमि प्रदूषण भनिन्छ। यस समस्याले पनि मानव विकासको कार्यमा बाधा पुर्याएको छ। विभिन्न उद्योगधन्दा र कलकारखानाबाट निस्किएको फाेहाेर अनियन्त्रितरुपमा थाल्नाले माटो दूषित हुन्छ। कीटनाशक औषधि र रासायनिक मलको प्रयोगबाट पनि भूमि दुषित बन्ने गर्दछ। यस्तो रासायनिक मल र किटनाशक औषधि प्रयोग गरि चलाईएको अन्नबाली पनि मानिसका लागि केही हदसम्म हानिकारक नै मानिन्छ। भूमि प्रदूषणबाट अन्य प्रदूषण मात्रामा पनि वृद्धि हुन्छ यस्तो प्रदूषण बाट अन्नबाली घटेर खाद्यान्नको समस्या पर्छ भने मान्छेलाई पनि विविध रोगले आक्रमण गर्ने सम्भावना हुन्छ।

जल प्रदूषण
पानी फोहोर भई विविध रोगका कीटाणु फैलन भनेको नै जलप्रदुषण हो। पानी पर्दा जमिनमा भएको सबै फोहोरमैला पानीमा नै गएर मिसिन्छ। रासायनिक पदार्थ र विषालु पदार्थ पनि पानीमा नै मिसिन्छ विशेषगरी सहरबजारमा पानीको स्रोत धेरैहदसम्म फाेहाेर भएको पाइन्छ। नदी पोखरी जतासुकै दुर्गन्ध फैलिएको मात्र पाइन्छ। यसका साथै ताल धारा कुलो पनि सबै नै थालेका छन्। पानीको स्रोतमा गाईभैँसीलाई आहार बसाउने नुहाउने लुगाधुने भाँडाकुँडा धुने उद्योगधन्दाको for पानीमा मिसाउने कार्यालय गर्दा नै पानीको स्रोत दुर्गन्धित बन्न पुगेको छ। हिमाली र पहाडी क्षेत्रमा नदीहरुबाट पानी खाने गरिन्छ। त्यहाँ जनसंख्या मात्र पनि ज्यादै कम हुन्छ यसले गर्दा पानी खाने हुन्छ। तराईतिर खोला र तालको पानी खाँदा मान्छेलाई रोगले आक्रमण गरी मृत्यु हुने सम्भावना रहन्छ। प्रदुषणले मानव जीवनमा धेरै ठूलो असर पुर्याउदै आएको छ।

निष्कर्षमा भन्दा प्रदुषणले व्यक्ति समाज राष्ट्र र पुरै विश्वलाई नै गम्भीर असर पुर्याएको छ। प्रदूषण विषयमा सबै मानिसहरू सचेत हुनुपर्छ। एउटाले गरेको गल्ति बाट धेरै मान्छेले दुख भोग्नु पर्छ सबै किसिमका प्रदुषणलाई कम गर्न मान्छेनै लगनशील हुनुपर्छ। समयमै सचेत समस्यालाई चिन्न नसक्दा ठूलो छेती सामान्य मान्छेले नै गर्नुपर्छ। अहिलेकै अवस्थामा र गतिमा प्रदुषणको मात्रा बढ्दै जाने हो भने केही समयपछि यो पृथ्वी मानिसकालागि बस्न योग्य बन्न सक्दैन। जताततै हरियाली बढावा शुद्ध राख्न सकियो भने पनि प्रदूषणको मात्रा केही हुन्छ मानिसहरू धेरै रोगबाट मुक्त हुन सक्छन् ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login