- Home
- Show Content
६५. विकासका निम्ति संचार
६५. विकासका निम्ति संचार
सञ्चार साधनको बढ्दो उपयोगिताले यसको महत्व दिनप्रतिदिन बढ्दै गएको छ यसै परिप्रेक्ष्यमा गते १९८१ को नाेभेम्बर १९ बसेको संयुक्त राष्ट्रसंघको साधारणसभाले १९८३ लाई विश्व संचार वर्षका रुपमा मनाउने निर्णय गरेको थियो। अत्याधुनिक उपकरण ले गर्दा आजको विश्व निकटतम आपसी सम्पर्क गर्न सकिने युगमा प्रवेश गरिसकेको छ। विश्वका सबै निकटतम आपसी सम्पर्क गर्न सकिने युगमा प्रवेश गरिसकेको यो विश्व आज विकासको क्रममा अघि बढ्दैछ विश्वका सबै मुलुक सञ्चारमाध्यमलाई छिटो छरितो र विकासमूलक बनाउने तरखरमा लागेका छन् ।आज संसारको एक कुनामा घटेको घट्ना तुरून्त वाइरलेस सञ्चार सेवा नियतले केही सेकेन्डमै सञ्चारको कुना-कुनामा फैलन सक्छ। अमेरिका आदि देशमा कुनै घटना घट्छ नेपालमा पनि छिनभरमै त्यसको जानकारी हुन्छ। यसरी सञ्चार क्षेत्र राष्ट्रिय तहबाट उठेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत फैलिन पुगिसकेको छ
सञ्चार सेवा विभिन्न तह छन् पत्रपत्रिका रेडियो टेलिफोन हुलाक टेलिभिजन आदि उल्लेखनीय प्रकार हुन्।यीमध्ये हुलाक व्यवस्था सबभन्दा पुरानो र भरपर्दो व्यवस्था मानिन्छयसै प्रक्रियाबाट भएको चिठीपत्र आदानप्रदान गरेर भौगोलिक दूरता को स्थितिमा पनि काम कुरा र व्यवहार बारेमा जानकारी दिने वा लिने बन्दोबस्त पहिलेदेखिनै मिलाइएको देखिन्छ संचारको उपयोगिता ज्यादै बढेको देखिन्छ घरेलु व्यवहार कार्यक्रम सञ्चालन राष्ट्रीय नीतिआदिको प्रचारप्रसारमा यसको ठूलो भूमिका छ। यसै माध्यमबाट छिनभरमै काठमाडौ देखी जुम्ला सम्म पनि खबर पुर्याउन सकिन्छ दर्द पर्यो परिवारको कुनै सदस्य सिकिस्त बिरामी भयो वा मर्यो अथवा केही पैसा पठाउन वा मगाउन पर्यो भने पनि आकाशवाणीको मदतले तुरुन्तै सन्देश पुर्याउँछ वा दोहोरो कुराकानी गर्न सकिन्छ यसरी उपयोगले समयको बचत शिघ्र जानकारी अनि काममा तीव्रता ल्याउने जस्ता सौलियत प्राप्त भएका छन्।
निष्कर्षमा सञ्चारलाई विकासको परिपूरक तत्वका रुपमा लिन सकिन्छ बिना संचार पनि विकास नहुने त होइन तर भएको विकासलाई संचार प्रणालीद्वारा देशव्यापी रूपमा प्रसारित गरेर अरु भेगमा पनि त्यसखालको विकासकालागि अभिप्रेरणा प्रदान गर्न सञ्चार कार्यक्रम अनिवार्य साधन हो। त्यसो हुनाले सञ्चारको माध्यमलाइ विकासमूलक बनाउने राष्ट्रिय नीति हाम्रोजस्तो विकासोन्मुख मुलुकका लागि समय चित पाइलाको रुपमा स्वीकार्न सकिन्छ ।यस तथ्यलाई हृदयंगम गरी देशको विकासमा सञ्चार साधनलाई बढीभन्दा बढी केन्द्रित गर्नु आजको आवश्यकता हो र विकासका निम्ति सञ्चार भन्ने आव्हानको मूलमर्म पनि यही हो ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review