- Home
- Show Content
६६. राष्ट्रियता
६६. राष्ट्रियता
राष्ट्रियता राष्ट्रप्रेमको आदर्श भावना हो राष्ट्रपति बफादार रहेर राष्ट्रकै ऐतिहासिक सांस्कृतिक गरिमाको संरक्षण तथा सम्बर्धन गर्ने प्रवृत्ति राष्ट्रियता हो। राष्ट्रियताको पहिचानका लागि सर्वप्रथम राष्ट्र शब्दको अर्थ खोल्नुपर्ने हुन्छ भन्ने प्रश्नको जवाफ दिनु अति सजिलो छैन। साधारण अर्थमा कुनै पनि देश वा राज्यलाई राष्ट्र भन्न सकिएला तर त्यति मात्र राष्ट्र होइन राज्यमा जस्तो राष्ट्र राष्ट्रका पनि जनसंख्या भूभाग सरकार र सम्प्रुभुता ४ तत्वहरु हुन्छन्। यसबाहेक राष्ट्र शब्दले विशेषता पनि आफूभित्र लिएको छ। राष्ट्रको लामो ऐतिहासिक परम्परा हुन्छ आफ्नै सांस्कृतिक पृष्ठभूमि हुन्छ। भाषा सम्प्रदायमा अनेकता देखिएपनि त्यसभित्रको एकता वा समन्वय सुत्रमा राष्ट्रको अस्तित्व रहेको हुन्छ। कुनैपनि देश वा राज्य मूलतः वस्तुनिष्ठ वा बाह्य जीवन प्रक्रियासँग बढी सम्पर्क हुन्छ भने राष्ट्र भएको वा हुने अर्थमा राष्ट्रीय शब्द बनेको छ र राष्ट्रिय हुनुको भाव वा अवस्था राष्ट्रियता हो बेलाबखतमा देखिने सानातिना मतभेद प्रति निष्पक्ष रहने र राष्ट्रलाई नै सर्वोपरि मान्यता दिने प्रक्रियामा राष्ट्रियता बाँचेको हुन्छ। राष्ट्रिय स्वार्थलाई व्यक्ति समाजको स्वार्थ भन्दा ठुलो ठान्ने प्रवृत्तिले राष्ट्रिय भावनाको जगेर्ना गर्दछ। संकुचित र सीमित विचारधारा राष्ट्रियताका अगाडि त्याज्य हुन्छन्। राष्ट्रियताको स्वरुपलाई नै धमिल्याउन सक्छन्। त्यसो हुनाले राष्ट्रको प्रकृति अनुरूप राष्ट्रियताको पारख गर्ने क्षमता आर्जन गर्नु राष्ट्रवादीको दायित्व हो।
राष्ट्रीयता विशेष विशिष्ट प्रकारको हो विदेशमा गएर पनि पालना गर्न सकिन्छ। तर विदेशमा जोगाइएको राष्ट्रियता मूलतः भावनात्मक भएपनि भेषभुषा र व्यवहारमा रुपान्तरित भएको देखिन्छ। कुनै नेपाली नागरिक अमेरिका पुगेर पनि सुरुवाल कोट र नेपाली टोपी लगाएर पहिरन द्वारा आफ्नो राष्ट्रियता दर्शाउन सक्छ। यसैगरी कुनै राष्ट्र अरू नै राष्ट्रको उपनिवेश बन्न सक्ने अथवा बिदेशी आक्रमणबाट पराधीन बन्न सक्ला तर देशवासीको राष्ट्रियता चाहिँ बाचेकै हुनसक्छ ।यस्तै राष्ट्रियताको सामूहिक स्वरुपले देशबासीहरुमा जागृति पैदा हुन्छ र देशकै स्वतन्त्रताको पुनःप्राप्ति लागि राष्ट्रियताको ठूलो भूमिका हुन्छ। महात्मा गान्धी र जवाहरलाल नेहरुले भारतलाई अंग्रेज उपनिवेशवादको पञ्जाबाट छुटकारा दिलाइन् स्वतन्त्र भारतको निर्माणगर्न यस्तै संगठित राष्ट्रियतालाई कति दिएका थिए। यसरी राष्ट्रियतालाई त्यसै देशका नागरिकहरूका मन वचन र कर्ममा रहने स्वदेश प्रेमका रुपमा अर्थ्याउन सकिन्छ।
प्रकारात्नरबाट हेर्दा देशको सर्वाधिक भलाइका लागि समर्पितमने व्यवहार नै सच्चा राष्ट्रियता हो देशप्रेम वा राष्ट्र प्रेम पनि यस्तै विशेषतामा आधारित हुन्छ ।यति भएर पनि देशप्रेमको उचाई देशका लागि सहिद हुने अठोट र व्यवहार सम्म पुगेको हुन्छ भने राष्ट्रियता त्यस उचाईमा नपुगेर पनि व्यक्त भएकै हुन्छ ।उदाहरणका रुपमा कुनै नेपाली नागरिक अन्य कुनै विदेशी भाषामा बिशेषज्ञता हासिल गरेर पनि त्यसको मद्दतले राष्ट्रभाषा नेपालीको उन्नतिमा प्रयत्नशिल रहन्छ भने यस्तो प्रवृत्तिलाई पनि राष्ट्रियता भनिन्छ। राष्ट्रिय चिन्ह राष्ट्रिय विभूति कदर गर्नु राष्ट्रिय पोसाक पहिरिनु कुरा अनि काम दुबईमा राष्ट्रियहित प्रतिबिम्बित हुनु आदि राष्ट्रियताकै रूप हुन् नेपाली टोपीमा होइन आत्मामा रहनुपर्छ भन्ने कुरा सत्य हो तर पनि अात्मा निहित राष्ट्रियतालाई आचरण द्वारा बाहिर प्रकट गर्ने एकप्रकारको रुपमा नेपाली टोपीलाई लिन सकिँदैन र? यो पनि त्यत्तिकै मनन गर्नुपर्ने तथ्य हो यस किसिमबाट भावनामा रहेको राष्ट्रियतालाई भेषभुषा र आचरणले बाहिरका व्यक्त्याएकाे हुन्छ।
राष्ट्रियतालाई विश्ववन्धुत्वको दृष्टिले हेर्दा साँघुरो सोचाइ भनेर वेलाबखत दोषारोपण पनि नगरिएको होइन। कहिलेकाहीँ अन्ध राष्ट्रियताले “वसुधैव कुटुम्बकम” बन्ने आदर्शलाई धमिल्याएको हुने सम्भावना पनि देखिएकै छ। विवेकशून्य अन्ध राष्ट्रियताको संसारमा मानव मानवका बीच ध्देष,कलह र इर्ष्याजस्ता दुर्गुण फैलिने खतरा पनि आउन सक्छ।गहिरिएर हेर्ने हो भने राष्ट्रियताको अन्तिम लक्ष्य चाहिँ मानव मानवका बीच फाटो पार्ने होइन त सहअस्तित्वको भावनालाई धमिल्याउन नै यसको उद्देश्य हो कुनै पनि व्यक्तिले विश्वमा मानवीय सहअस्तित्वको आदर्शलाई पालना गरेर आफ्नो राष्ट्रको संस्कृति र परम्पराअनुसार चरित्र बनाएर स्वतन्त्र राष्ट्रियताको निर्वाह गर्न सक्छ। आफ्नै देशको इज्जतको र गरिमा कायम राख्न नसक्ने व्यक्तिले विश्वमा मानवताको गहन आदर्श ग्रहण गर्न सक्दैन। आफ्नो देश र समाजप्रति आफ्नो इतिहास र संस्कृतिप्रति अनि आफ्नो भाषा र देशप्रति ममता नहुने व्यक्ति बसुधैव कुटुम्बकम्को उच्चतामा कसरी पुग्न सक्ला र ?
राष्ट्रियता कुनैपनि नागरिक वा समाजको जीवन होइन। यसैले मानिसको अस्तित्व प्रमाणित गर्दछ राष्ट्र भन्दा पनि ठूलो आवश्यक कुराचाहिँ राष्ट्रियता हो कुनै देश अर्को बलियो देशको उपनिवेश बन्दा वा युद्धमा पराजित भएको स्थितिमा पनि राष्ट्रियताको भावना बिच रुपमा बाचेकै हुन्छ। यस भावनाले संगठित रूप लिँदै गएपछि फेरि कुनै दिन स्वतन्त्र राष्ट्रको जन्म अवश्य नै हुनसक्छ। यस्तो हुनाले राष्ट्रियता मानवजीवनको मुटुको स्पन्दन हो बौद्धिकताको संकेतिक तत्व हो अनि स्वाभिमानको बाह्य अभिव्यक्ति पनि हो साथै नागरिकहरूकाे मनस्थितिमा रहनु पर्ने भावना हो- राष्ट्रियता।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review