६७. आधुनिक युगमा सञ्चारका साधनहरूको महत्व

६७. आधुनिक युगमा सञ्चारका साधनहरूको महत्व

संचार शब्दको अर्थ एक ठाउँबाट अर्को ठाउँमा चल्ने हुने वा पुग्ने कार्य हो। विभिन्न विषय र स्थानका सूचना वा जानकारीहरू एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने माध्यम नै  सञ्चारका साधन गरेको छ। तीमध्ये सूचना आदान-प्रदान गर्ने साधनहरू चाहिँ सञ्चारका साधन हुन्। यस्ता साधनले देशविदेशका गतिविधिको जानकारी गराउँछन् मानव जीवन सहज र सुविधायुक्त बनाई जनसमुदायलाई सचेत एवं सुसूचित बनाउँछन्।



कुनैपनि सूचना वा जानकारी लिनेदिने काम नौलो होइन प्राचीनकालमा परिवारका आदिलाई सन्देशवाहकका रूपमा प्रयोग गरेको हामीले सुन्दै आएका हौँ र दमाह बजाएर वा कटुवाल लगाएर कुनै कुराको जानकारी दिने चलन त हाम्रै देशमा पनि चलेको थियो ।यस्तै मार्फत आफ्नो विचार वा सूचना आदानप्रदान गर्ने चलन अहिले पनि छँदैछ। छापाखानाको विकास भएपछि छापेर सूचना दिने चलन चल्यो यसै प्रविधि विकसित रुप अहिलेका पत्रपत्रिका हुन्। अहिले त रेडियो टेलिभिजन टेलिफोन कम्प्युटर फ्याक्स विद्युतीय संचारका साधनको आविष्कार भइसकेको छ । पछिल्लो अवस्थामा मोबाइल फोन तथा इन्टरनेट प्रविधिको विकासले सञ्चारका क्षेत्रमा नयाँ आयाम थपेको छ। अझ इन्टरनेटका माध्यमबाट सञ्चालन हुने गुगल,युट्युब,फेसबुक जस्ता सामाजिक संजालले सूचना प्रणालीलाई सहज सरल र सर्वसुलभ बनाएको छ। अहिले यस्ता साधनबिना मानिस आफूलाई बेर्थ ठान्न थालेका छन्।

 

सञ्चारका साधनकै कारण हामी विश्वका कुनाकाप्चाका खबर तुरुन्तै प्राप्त गर्न सक्छौं। त्यसमा पनि इन्टरनेटको प्रयोग सही ढंगमा गर्ने हो भने त्यसमा सामान्य सूचना मात्र होइन अथाहा ज्ञानको भण्डार पाउँछौँ। तसर्थ शिक्षा स्वास्थ्य व्यापार व्यवसाय प्रशासन राजनीतिक आदि क्षेत्रको विकास र विस्तार गर्न सञ्चारका साधन प्रयोग महत्वपूर्ण मानिन्छ बाहिरतिर अवस्था हेरेर आफ्नो दैनिक कार्य तालिका बनाउने तथा भविष्यको योजना तयार पार्ने चलन अहिले सुरु भइरहेको छ। यसरी हेर्दा व्यक्तित्व विकासका साथै समाज र राष्ट्रको उत्थानका लागि सञ्चारका साधनको प्रयोग अनिवार्य भएको छ। कतिपय व्यक्तिले सञ्चारका साधनको दुरुपयोग गरेको घटना हामीले सुन्दै आएका छौँ ।यस्तो स्वभावका मानिसहरु र उनीहरुका गतिविधि बारे हामी स्वयं चनाखो हुनुपर्छ।यस्तो साधनको प्रयोग गर्नेलाई समयमै निरुत्साहन गर्नु आवश्यक छ।

 

अहिले सूचनाको विस्तार विश्व साँघुरिदै गएको छ। त्यसैले त हामी घरमा बसीबसी संसारका गतिविधि थाहा पाउनसक्छ। आफ्नो भावना व्यक्त गर्न सक्छौं अरुका विचार बुझ्न अनि कुनै कार्य वा घटनाबारे तुरुन्तै प्रक्रिया व्यक्त गर्न सञ्चारका साधन प्रयोग गर्छौं। यसर्थ सञ्चारका साधन प्रयोग मानवजीवनका लागि वरदान साबित भएको छ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login