- Home
- Show Content
६८. घर
६८. घर
मानिसहरु बस्नका लागि बनाइएको आश्रयस्थलका, ठाउँ वा स्थानलाई घर भनिन्छ। घरलाई आभास, आश्रयस्थल, अालय, गृह, निकेतन, भवन आदि धेरै नामले चिनिन्छ। घर धेरै किसिमका हुन्छन्। घरहरु धेरै रंगका हुन्छन्। गाउँघरमा हुने घर र सहरबजारमा हुने घर फरक फरक हुन्छन्। सहरबजारमा भएका घरमा इटा ,ढुङ्गा, बालुवा, फलाम मार्बल लगाएर बनाइएको हुन्छ।घरलाई विभिन्न आकार-प्रकारमा बनाइएको हुन्छ। कुनै गरेर बनाइएका हुन्छन् भने कुनै बनाइएका हुन्छन्। कुनै घरको छत समथर हुन्छ भने कुनै घरको छ भिरालो हुन्छ। यस्तो शैलीमा बनाइएको घरलाई पश्चिमी शैली भनिन्छ। पश्चिमा शैलीमा विभिन्न छन् विभिन्न सुविधा हामीले देखेका छौँ। कुनै-कुनै घरमा शौचालय, स्नानगृह, भान्साघर अलग-अलग हुन्छन् पनि कुनै घरमा सबै एउटै घरभित्र बनाइएको हुन्छ।
हाम्रो देशको दुर्गम ग्रामीण इलाकामा भने भिन्न किसिमका घरहरु पाइन्छन्। कुनै पाग्री शैलीमा त कुनै प्यागोडा शैलिका, कुनै झिंगटी शैलीका पाइन्छन्।यस्ता घरहरु पुरानो शैलीका घरहरुको हुन्। घरहरुकाे बनोट प्रक्रिया भने भिन्न भिन्न किसिमको छ। यस्ता घरहरुमा ढुंगामाटो पराल बाँसको प्रयोग हुन्छ। कतैकतै काठको खम्बा गाडेर अत्याधिक प्रवासको प्रयोगबाट घरहरु बनाइएको हुन्छ। यसरी बनाइएका घरहरू अत्याधिकमात्रामा तराईक्षेत्रमा पाइन्छन् ।यस्ता घरलाई झुषको घर भनिन्छ। कुनै घरको छानामा टिनको पाता लगाइएको हुन्छ। त्यस्ता घरलाई तिनको घर पनि भनिन्छ। पहाडी र तराई इलाकामा हुने घरमा केही भिन्नता पाइन्छ। पहाडी इलाकामा हुने घरमा ढुंगाको गारो लगाएर बीचबीचमा काठ लगाएर कलाकार घर बनाउँछन्। छानामा भने पराल र टिन पनि लगाएको हुनसक्छ ।कुनै घरमा गाईवस्तु अन्य घरपालुवा जनावर र मान्छे एउटै घरमा बसेको अवस्थामा पनि पाइन्छ भने कुनै घरमा सबै प्राणीका लागि अलगअलग बासस्थानको व्यवस्था गरिएको हुन्छ। हाम्रो देशको धेरै भागमा दुर्गम इलाका ढाकेको हुँदा पश्चिमी शैलीका घरहरुको सहरबजारमा मात्र रहेको पाइन्छ ।यातायात बिजुली खानेपानी शिक्षाको अवसर नपुगेका मानिसहरू ठाउँमा बढी यस्ता घर देखिन्नन्।
घरका बारेमा पनि हो हरेकको आ-आफ्नै रुचि हुन्छ कतिपय मानिस ठुलो र अग्लो घरमा बस्न रुचाउँछन् ।कोहीचाहिँ शान्त र एकान्त स्थानमा बस्न मन पराउँछन् ।साना गरिब वर्गका मानिसहरूको दाँजोमा धनाध्य र पश्चिम मुलुकका मान्छेहरु बढी शौखिन हुन्छन्। यसकारण उनीहरु आफूलाई आवश्यक पर्ने सुविधाहरूले युक्त घर बनाउने जमर्को गर्दछन् ।आफ्नो सौखका लागि उनीहरु जति पनि खर्च गर्न तयार हुन्छन्। गरिब र विपन्न वर्गको घरमा नै सानो राख्न स्तर अनुसारको हुन्छ। उनीहरु आफ्नै वातावरणमा रम्न चाहन्छन् निम्नस्तरका मानिस भएका कारण पराल बास माटोको प्रयोग गरेर घरहरु बनाएका हुन्छन् ।
घरहरु सानो-ठूलो जस्तो भएपनि यो मान्छे बस्ने आधार हो ।घर बिना मान्छेलाई बस्न समस्या पर्छ ।घरले पानी, जाडो, गर्मी, घाम, आदिबाट बचाउँछ। मानिसले आफ्ना महत्वपूर्ण सामग्रीहरु राख्नपनि घरकै प्रयोग गर्दछन्। घरबिना मान्छे सुरक्षित हुन सक्दैन ।आफ्नो घरभित्र बाहिरका मान्छेले मनपरी गर्न पाउँदैन ।यदि कसैले निजी घरभित्रै मनपरी गर्छ भने त्यसलाई कानुनले कारबाही गर्छ। जाडो महिनामा झ्याल बन्द गरेर सुतिन्छ भने गर्मी महिनामा झ्याल खोलेर सुतिन्छ।
facebook :


- Reviews (0)
Nothing Found...Leave a review