७१. पशुपतिनाथ मन्दिर

७१. पशुपतिनाथ मन्दिर

पशुपतिनाथको मन्दिर काठमाडौँ जिल्लामा रहेको ऐतिहासिक धार्मिक एवम् पर्यटकीय दृष्टिले महत्वपूर्ण तीर्थस्थल हो। यो मन्दिर यस संसारमा रहेका २७५ ‘पादल पेत्र स्थलम्’ (शिवको पवित्र स्थान) मध्ये एक हो। पशुपतिनाथमा मूख्य रूपमा शिवजीको पूजा हुने गर्दछ। त्यसैले गर्दा नै पशुपतिनाथालाई शैव, शाक्त, वैष्णव, बौद्ध, जौन, गाणपत, नाथ, सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूले समान आस्था र श्रद्धाको दृष्टिकोणले हेर्ने गर्दछन्। साथै यस क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवम् पूजास्थल अखाडा पनि रहेका छन्।

पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत ‘यूनेस्को विश्व सम्पदा क्षेत्रको सूची’मा (UNESCO World Heritage Site) पर्दछ। सन् १९७९ मा यूनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। यो मन्दिर नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको छ, त्यसैले नै यहाँका सबै विशेषताहरू प्यागोडा शैलीमा नै रहेको पाइन्छ, जुन अति सुन्दर खुदी काठबाट बनेका छन्। यस मन्दिरको २ स्तरको छाना सुन र तामाले बनेको छ भने मूख्य ४ ढोकाहरू चाँदीका रहेका छन्। साथै मूख्य मन्दिरको गजुर सुनको रहेको छ।

काठमाडौं उपत्यकाकै प्राचीनतम धार्मिकस्थल प्रमाणित भएकोले र अति प्राचीन पूजास्थल, मठ मन्दिर र मूर्तिहरू तथा प्राचीन अभिलेखहरूको अवस्थित हुनाले पशुपतिनाथको मन्दिर क्षेत्र खुला संग्रहालय जस्तै देखिन्छ । शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनहरूका लागि पशुपति क्षेत्र सदैव समान आस्था एवं श्रद्धाको केन्द्र बनेको छ। पशुपति क्षेत्रमा विभिन्न सम्प्रदायका विभिन्न स्मारक एवं पुजास्थल अखाडा पनि रहेका छन्।  पशुपतिनाथको मन्दिर एक जीवन्त सम्पदाको रुपमा रहेको छ। जन्मदेखि मृत्यु सम्मका संस्कार सम्पन्न गरिने यस पावन स्थलमा वागमती नदीले यसको महिमा अझै बढाएको छ यो मन्दिर यस संसारमा रहेका २७५ पादल पेत्र स्थलम (शिवको पवित्र स्थान) मध्ये एक हो । पशुपतिनाथमा मुख्य रुपमा शिवजीको पूजा हुने भएकाले शिवरात्रि पर्व विशेष महत्वका साथ मनाइन्छ।

विश्व सम्पदा सूचीमा परेको पशुपति क्षेत्र हाम्रो राष्ट्रिय गौरव हो ।  यस क्षेत्रमा पर्ने पशुपतिनाथ मन्दिर विश्वभरिकै चर्चित हिन्दु तीर्थस्थलका रूपमा लोकप्रिय छ ।  विशेष चाडपर्वमा त यहाँ भक्तजनको घुइँचो हुने भई गयो, यसबाहेक दिनहुँ यहाँ भक्तजनको भीड लाग्ने गर्छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login