७२. चाँगुनारायण मन्दिर

७२. चाँगुनारायण मन्दिर

चाँगुनारायणलाई चम्पकनारायण, चँगुनारायण, गरुडनारायण आदि नामले पनि चिनिन्छ। यो मन्दिर नेपालको मौलिक प्यागोडा शैलीको एक प्रतिनिधि बस्तुकलाको नमुना हो | यो लिच्छवीकालिन वास्तुकलाको नमुना हो |नेपालको प्रसिद्ध तीर्थ स्थल मध्येको एक र प्राचिन पुरातात्विक शिलास्तभ समेत रहेको चाँगुनारायण मन्दिर भक्तपुर जिल्लाको चाँगुनारायण गा.वि.स.मा अवस्थित छ। भक्तपुर नगरबाट ६ कि.मी. उत्तरमा रहेको चाँगुनारायण मन्दिर ऐतिहासिक, कलात्मक र धार्मिक दृष्टिकोणले मात्र नभई प्रमुख पर्यटकीय क्षेत्रको रूपमा पनि महत्वपूर्ण रहेको पाइन्छ । काठमाडौं उपत्यकामा रहेको सात विश्व सम्पदा सूची मध्ये चाँगुनारायण पनि एक हो । उपत्यकामा रहेको प्राचिन मन्दिरमा सवभन्दा पुरानो मानिने यस मन्दिरलाई सन् १९६९ मा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत गरिएको हो । तेलकोट भन्ज्याङ्ग-तेलकोट डाँडा-चाँगु आउने रुट उपत्यकाकै सबभन्दा राम्रो ट्रेकिङ्ग रुट मानिन्छ । साथै यो क्षेत्र नगरकोटको ट्रेकिङ गर्न तथा काठमाडौं उपत्यकाको दृष्यावलोकका लागि पनि प्रसिद्ध छ।

यो मन्दिर चातुष्कोण आकारको छ | यसको पेटी एक तल्लाको मात्र छ | मन्दिर दुई तल्लाको रहेको छ | मन्दिरको तल्लो तलाको छानो टायलको र माथिल्लो छानो पित्तलको पातावाट बनेका छन् | दुवै तलामा मझौला आकारका झ्यालहरु रहेका छन् | दुवै तल्लामा चालिस टॅुडालहरु रहेका छन् | प्रत्येक टॅुडालमा तीन तहका मूर्तिहरू कुँदिएका छन् | माथिल्लो तहमा रुख-लहरा, बिचमा मुख्य देवता(मुख्यतः विष्णु र शिवका अनेक स्वरूपहरु), र तल्लो तहमा मानिस, पशुपंक्षीका मूर्तिहरू कुँदिएका छन् | तल्लो तलामा गरुडबाहन विष्णुको प्रस्तर मूर्ति रहेको छ | यो तल्लामा चार दिशामा चार मुख्य ढोकाहरु रहेका छन् | प्रत्येक मूल ढोकाको दायाँ-बायाँ नखुल्ने  ढोकाहरु बनाइएका छन् | पश्चिम पट्टीको ढोका प्राय खुला राखिन्छ | बेला बेलामा अन्य ढोकाहरु पनि खुला गरिन्छ | ढोकाका दायाँ-बायाँ गंगा, यमुना, तथा अन्य देवीदेवताका मूर्तिहरु राखिएका छन् | ढोकाहरुको माथि धातुवाट बनेका तोरणहरुमा विभिन्न कलाकृतिहरुकुँदिएका छन् | यस मन्दिरको निर्माणमा काठ र इँटाको बढी र प्रस्तर तथा धातुको कम प्रयोग भएको छ | धातुको प्रयोग मूल ढोका, तोरण, गजुरमा भएको छ | 

चागुनारायणको मन्दिर काठमाडौं उपत्यकामा अवस्थित सबैभन्दा पुरानो मन्दिर हो। पुरातात्त्विक कलाहरूले भरिपूर्ण यो मन्दिर काठमान्डौबाट २२ कि. मि. टाढा पर्दछ। कुनै स्पष्ट प्रमाण नभए पनि यो मन्दिर चौथो शताब्दीतिर बनेको हो भन्ने विश्वास छ। यो मन्दिर काष्ठकला र मुर्तीकलाहरूको उच्च नमुना नै हो। उपत्यकाको सभ्यता, जीवन, इतिहास र सँस्कृतिको सुन्दर प्रतिमुर्ती हो चाँगुनारायण। परापूर्व कालमा चाँगुनारायण मन्दिर रहेको ठाउँ अधिकांस रूपमा चाँपको वन थियो। वनको एक छेउमा सुदर्शन नाम गरेका ब्राह्णण बस्थे। जंगलको वरिपरि अरु गोठालाहरू बस्थे। ति ब्राह्णणलाई तिनै गोठालाहरूले पाल्ने गर्थे। भगवान विष्णु - "धेरै पहिला देवता र अशुरहरूको सँग्रामको बेला सुमति नाम गरेका ब्राह्मन अशुरहरूको तर्फबाट लड्न आएका थिए। अनि उनलाई मैले बाध्य भएर वध गर्नु पर्यो। त्यसपछी ब्राह्मनका गुरु शुक्रचार्यले मलाई ब्राह्मन हत्याको श्राप दिए। अनि त्यो श्राप कहिले मुक्त हुन्छ भन्दा जब सुमतिको सन्तानले तिम्रो शिर काट्छ तब तिमी श्राप-मुक्त हुन्छौ भन्ने उत्तर पाएँ। त्यही श्राप मुक्त हुन सारा प्रपन्च आँफैले रचेको हुँ। अब म श्राप मुक्त भएँ। तिमी त्यही सुमतिका सन्तान हौ।" अब म यही ठाउँमा बस्छु भनेर भगवान बिष्णुले त्यही सुदर्शन ब्राह्मनलाई आफ्नो पूजा गर्ने मुख्य पूजारी बनाइदिए। अनि त्यही सुमतिका वङ्शजले यस मन्दिरमा पूजा गर्नुपर्ने भएकाले आफ्नो मातापिता मर्दा पनि ति पूजारीहरूले जुठो बार्न पाउँदैनन्। अनि पूजाको नित्य सर्-सामानहरू तिनै गोठालाहरूले जुटाउन थाले। ति गोठालाहरू जुठोको बेला पूजारीकामा बसे भने उनिहरूलाई पनि जुठो नलाग्ने भयो। त्यो चलन अहिले सम्म पनि चलिरहेकै छ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login