७६. जलवायु परिवर्तन र विश्वव्यापी सङ्कट

७६. जलवायु परिवर्तन र विश्वव्यापी सङ्कट

जल भन्नाले पानी र  वायु भन्नाले हावा भन्ने बुझिन्छ । परिवर्तन भन्नाले जल र पानमिा  देखीने फेरबदल, रुपान्तर वा हेरफेर भन्ने बुझिन्छ । आज विश्व मानव समुदायका लागि यो गम्भीर चुनौतीको विषय बनेको छ । यसका लागि विश्व समुदायले बेलैमा ध्यान नदिए आगामी दिनमा झन् गम्भिर चुनौतिहरूको सामना गर्नुपर्ने प्रस्ट छ ।

 

जल वायु परिवर्तनले  प्रभाव पार्ने तत्वहरुमध्ये जनसंख्या वृद्धि पनि एक हो । दिन दुईगुना रात चौगुनाको दरले जनसंख्या वृद्धि भएको कारण राज्यहरुले आफ्नो जनताको समुचित व्यवस्थापन गर्न सकेका छैनन् । अनियन्त्रित जनसंख्या वृद्धिले गर्दा खानपान, व्यवसाय, बसोबास हरेक कुराले मान्छेलाई सताउने गर्छ । जनसंख्या वृद्धिको कारण बसाइँसराइको क्रम पनि तीव्र हुने गर्छ ।

बाढी, पहिरो, भूकम्प, आँधीजस्ता प्राकृतिक प्रकोपहरुको त्रासले आजको मानव हरहमेसा सताइएको छ भने प्राकृतिक विनाश र औद्योगिक विकासले हिमालको हिंउ पग्लिएर मरुभूमि बन्ने खतर पनि बढ्दै गएको छ ।  जलवायु परिवर्तन र यसले विश्वमा निम्त्याएको चुनौतिलाई हाँक दिन हरेक राष्ट्र र मानव समुदायले सचेत र सजग भई अघि बढ्नु आवश्यक छ । वैज्ञानिक विकासको तीव्र कारणले पनि वातावरणीय सन्तुलनमा खलल पुगेको छ ।  जलवायुमा व्यापक परिवर्तन देखिन थालेको छ । यसले गर्दा अतिवृष्टि र अनावृष्टिको समस्या हरेक वर्ष देखिन थालेको छ ।



  • Reviews (0)
Nothing Found...

Leave a review

To leave a review, please login to your account. Login